‘इनफ इज इनफ’ को मागमा कांग्रेसको ऐक्यवद्धता, सरकारलाई तत्काल माग पूरा गर्न देउवाको सुझाव



काठमाडौं । पीसीआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

शनिबार बसन्तपुरमा अनसनरत इनफ इज इनफका इशान अधिकारी इ लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए । बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र अनसन तोडाउनुपर्ने उनले बताए ।

कोरोनाबाट कोही पनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ । सभापति देउवाले इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भत्र्सना गरेको उल्लेख गरे ।

त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने बताए । इनफ इज इनफले पीसीआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ ।

यसअघि सरकारले आफूहरुसंग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुनः अनसन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा सुहाङको आठ हजार नाघ्दा घण्टीको १३ सय मत

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा

इलाममा दुई हजार मतान्तरले सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई

बझाङमा कांग्रेस उम्मेदवार सिंह २ सय ४९ मतले अगाडि

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम