राप्रपा परित्याग गरी सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यकर्तासहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भएको बताइएको छ । राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थियो । थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए । थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए ।