राप्रपा धनकुटा जिल्ला कार्यसमितिले भन्यो-हामीले पार्टी छाडेका छैनौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटा जिल्लाले पार्टी परित्याग गरेका नेता सुनिलबहादुर थापाले आफ्ना पिता स्वर्गीय सूर्यबहादुर थापाको आदर्शलाई तिलाञ्जली दिएर गलत बाटोमा लागेको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमितिहरु भंग गरिएकोमा आपत्ति जनाउँदै आफूहरु राप्रपामै रहेकको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रचारमा ल्याइएका व्यक्ति वा समितिहरु सुनीलबहादुर थापाले खल्तीबाट झिकेका नक्कली सूची हुन् । राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन् । कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रष्ट पार्न चाहन्छौं । सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं ।’

यसैबीच राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै भनेका छन्, ‘केही व्यक्तिहरुको आत्मघाती कदमका वावजुद पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको आदर्श र पदचिन्हलाई कायम राख्दै राप्रपाको बिचार,नीति र संगठन प्रति निष्ठावान धनकुटाका समस्त साथीहरुलाई धन्यवाद । राप्रपा एक छ, एक रहने छ तथा एकदिन देशको अग्रणी शक्ति बन्नेछ ।’

राप्रपा जिल्ला कार्य समिति धनकुटाको विज्ञप्ति हेर्नुस्

२०७७/४/१३

२०७७/४/१३
प्रेस विज्ञप्ती

नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ । धनकुटामा जन्मिनु भएका स्व. थापाले पञ्चालयतकालदेखि नै नेपालको समग्र विकासमा पु¥याउनु भएको योगदानलाई अवमूल्यन गर्न सकिन्न । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेताको रुपमा उहाँले देखाएको बाटोमा हामी अविछिन्न क्रियाशील छौं ।

तर, उहाँकै छोरा पूर्वमन्त्री सुनीलबहादुर थापाले कहिले राजतन्त्र त कहिले गणतन्त्र, कहिले धर्म निरपेक्षता त कहिले हिन्दु राष्ट्रको कुरा गर्दै आएका छन् । सुनीलबहादुर थापाको यस्तो अस्थिर र द्वेध चरित्रबाट स्व. थापाकै राजनीतिक चरित्रलाई बदनाम गर्ने कार्य भएको कतै छिपेको छैन । गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए । यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रुपमा अक्षुण्ण राख्यौं ।

हाम्रो अथक प्रयासका बाबजुद सुनीलबहादुर थापासहित केही व्यक्तिहरु स्व. थापाको आदर्शलाई तिलाञ्जली दिएर अहिले गलत बाटोमा लागेका छन् । राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमितिहरु भंग गरिएको कुप्रचारलाई यसै सन्दर्भमा हामी घोर भत्र्सना गर्दछौं । प्रचारमा ल्याइएका व्यक्ति वा समितिहरु सुनीलबहादुर थापाले खल्तीबाट झिकेका नक्कली सूची हुन् । राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन् । कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रष्ट पार्न चाहन्छौं । सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं ।

पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो । स्व. थापालाई पाँच पटक प्रधानमन्त्री बनाउने धनकुटेली जनता, कार्यकर्ता यसैकारण राप्रपामै एक ढिक्का थियौं, छौं र रहीरहने छौं । धनकुटाका जनतालाई टुहुरो हुन दिन्न भन्ने स्व. थापाको वाणीलाई हामीले भूलेका छैनौं । व्यक्तिगत निर्णयको छुट सबैमा सुरक्षित रहन्छ तथापि आफ्नै बुबाको दीक्षा भूलेर राजनीतिक विचलनको बाटोबाट सुनीलबहादुर थापा कहीँ कतै पुग्ने छ्रैनन् । आफैंलाई मन्त्री बनाउने साथीहरुलाई अवमूल्यन गर्नु शोभनीय कार्य होइन । त्यसैले सुनीलबहादुर थापाप्रति सहानुभूति प्रकट गर्दै निष्ठा र आदर्शको सच्चा मार्गमा फर्किन आह्वान गर्दछौं ।

राप्रपामा संगठित सम्पूर्ण सहयोद्धाहरु, पार्टीका समर्थक, शुभचिन्तक धनकुटेली जनतालाई विचलित नहुन र एकढिक्का रहीरहन राप्रपाका निम्न पदाधिकारी सदस्यहरु आह्वान गर्दछौं ।

१. कुमारबहादुर थापा, पूर्वकेन्द्रीय सदस्य तथा अध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
२. हरीप्रसाद घिमिरे, केन्द्रीय सदस्य
३. टिकाप्रसाद घिमिरे, पूर्वउपाध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
४. धर्मध्वज राई, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं १, धनकुटा
५. श्याम गुरुङ, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं २, धनकुटा
६. रेवतराम भण्डारी, जिल्ला सदस्य, धनकुटा
७. चन्द्र याख्या, जिल्ला सदस्य, धनकुटा
८. शंकर थापा, जिल्ला सदस्य, धनकुटा
९. पवित्रा श्रेष्ठ, जिल्ला सदस्य, धनकुटा
१०. दुर्गा पुरी, जिल्ला सदस्य, धनकुटा
११. टेकबहादुर सारु, जिल्ला सदस्य, धनकुटा
१२. लोकेन्द्र घिसिङ, जिल्ला सदस्य, धनकुटा
१३. रेगेन्द्र लिम्बु, जिल्ला सदस्य, धनकुटा
१४. नरेन्द्र राई, जिल्ला सदस्य, धनकुटा
१५. गर्जमान राई, जिल्ला सदस्य, धनकुटा
१६. चन्द्र गुरुङ, जिल्ला सदस्य, धनकुटा
१७. रमेश चापागाई, क्षेत्रीय सदस्य, धनकुटा
१८. नगेन्द्र पौडेल, क्षेत्रीय सदस्य, धनकुटा
१९. नगेन्द्र अधिकारी, क्षेत्रीय सदस्य, धनकुटा
२०. कृष्ण थापा, अध्यक्ष, पाख्रीबास नगर समिति, धनकुटा
२१. थामबहादुर राई, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२२. लोकबहादुर विश्वकर्मा, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२३. प्रकाश लिम्बु, सदस्य
२४. डिल्ली लिम्बु, सदस्य
२५. चोलेन्द्र गिरी, सदस्य
२६. रामप्रसाद वस्ती, सदस्य
२७. भीम खतिवडा, सदस्य
२८. गणेशबहादुर कार्की, सदस्य
२९. उपेन्द्र कार्की, सदस्य
३०. गणेश गिरी, सदस्य

लगायत सम्पूर्ण जिल्ला, क्षेत्रीय, नगर, गाउँपालिका, वडा प्रमुख तथा सदस्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको