लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा बिहीबार बिहान बालुवाटार पुगेका थिए ।

भेटमा सभापति देउवाले प्रधानमन्त्रीसँग कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट बिशेष ध्यानाकर्षण गराएका थिए ।

देउवाले लकडाउनका बावजुद कोरोना संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका कांंग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै देउवाले पीसिआर प्रविधीबाट परीक्षण मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् । त्यस्तै उनले बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको मुख्यसचिव पौडेलले बताए । भेटमा देउवाले कोरोनाबाट सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश पाएपछि व्यक्तिको नाम राखेनौंः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य

बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान

बजेट उत्साहित हुने खालको छैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१ /८२

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को