बर्मन बुढाको निधनले मर्माहत बनायोः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले मर्माहत बनाएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका हुन् ।

बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको हो । प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।
उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौं आयोजित

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्

कांग्रेसको भातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाको महाधिवेशनका लागि समन्वय

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी