सांसदहरुलाई बैठकमा व्यक्तिगत टीकाटिप्पणीतिर नलाग्न सभामुखको आग्रह



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्यारोपतिर नजान ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले यही जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको गरेकोे टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले यस्तो आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले सो विषयका बारेमा सबै विवरण लिई कार्यव्यवस्था समितिमा राखेर छलफल गरिने जनाउँदै त्यस सम्बन्धमा रुलिङ भइसकेकाले प्रवेश नगर्न आग्रह गरे । साथै उनले वर्तमान संकटमा पनि सदन चलाएर राष्ट्रिय महत्वका विषयमा निष्कर्षतिर गइरहेका बेलामा व्यक्तिगत टीकाटिप्पणी र आरोपप्रत्योरोपतिर नजान अनुरोध गरे ।

सांसद चन्दा चौधरीले सदनमा हिन्दी भाषामा बोलेका आधारमा भारतीय चेली भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै संसद् नियमावलीमा नै आफूलाई सहज हुने भाषामा सदनमा बोल्न पाउने व्यवस्था रहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा मन्त्री प्रधानमन्त्रीसँग मिठा गरेर मन्त्रिपरिषदमा भाग लिन्छन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक