संविधान संशोधनलाई ‘वार्गेनिङ’को मौका ठानी पार्टीगत एजेण्डा अघि नसारौंः अध्यक्ष थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनलाई वार्गेनिङको हतियार नबनाउन आग्रह गरेका छन् । मंगलबार ट्वीट गर्दै अध्यक्ष थापाले सार्वभौम अखण्डता सम्बन्धि प्रतिकात्मक बिषयको संविधान संशोधन विधेयकमा सिंगो राष्ट्र एकजुट रहेको स्पष्ट सन्देश दिनुपर्ने बेलामा पार्टीगत एजेण्डा अघि नसार्न आग्रह गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, नेपाली कांग्रेसले छुट्टा छुट्टै संशोधन दर्ता गराएपछि थापाले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम अखण्डता सम्बन्धि प्रतिकात्मक बिषयको संविधान संशोधन विधेयकमा सिंगो राष्ट्र एकजुट रहेको स्पष्ट सन्देश दिनुपर्छ । निशानछाप संशोधन सरकारको मात्र सरोकारको विषय होइन । यसलाई ’वार्गेनिङ’ गर्ने मौका ठानी पार्टीगत एजेण्डा अघि सार्नु ठिक होइन । त्यसको लागि अरुबेला प्रस्ताव पेश गर्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित