जनतामा आक्रोश बढिरहेछ, सरकारको ध्यान जाओस्ः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘कोभिड १९ नियन्त्रणमा सरकारले राम्रो कामगर्न सकेन । सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाईन व्यवस्थापन र परीक्षण दायरा बढाउन सरकार कमजोर देखियो । संक्रमणको खतरा बढ्दो छ । जनतामा आक्रोश बढिरहेछ । प्रम केपी शर्मा ओलीले ध्यान नदिए परिस्थिति नियन्त्रण बाहिर जानेछ । पछि पछुताएर काम लाग्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङ घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्छः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई

नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ

पत्रकार तिमिल्सिनाको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित

काठमाडौं । माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड

नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न कठिनः प्रवक्ता ज्ञवाली

काठमाडौं । सरकारले विभिन्न दातृ निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण