गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित



काठमााडौं । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरे ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन ।

गणपूरक सङ्ख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउँछुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य

ओली सरकारले गरेका निर्णय अब २४ घण्टासम्म गोप्य रहने

काठमाडौँ । सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिने

  काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको  मन्त्रिपरिषद्को पहिलो बैठकले

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छुः उपप्रधानमन्त्री सिंह

  काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक