दुई वर्षमा सबै नेपालीको घरमा विजुली पुग्ने



काठमाडौं । सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विजुली पुर्याउने योजनाका साथ काम अघि बढेको जनाएको छ । . प्रतिनिधिसभाको मंगलबारको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्याउने गरी काम भइरहेको जानकारी दिएका हुन् ।

उनले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेका भन्दै यो आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतीकरण गर्ने योजना सरकारले अघि सारेको बताए । सांसद खगराज अधिकारीले विद्युतमा आत्मनिर्भर हुँदै निर्यात गर्नेतर्फ सरकार अगाडी बढिरहेको अवस्थामा सबै नेपालीको घरमा कहिले बत्ती पुग्छ भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पुनले विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा ३ लाख र सामुदायिक विद्युतीकरणका आयोजनाहरुतर्फ १ लाख काठका पोल रहेका र काठका करिब ४ लाख पोलमध्ये ३० हजार पोल विस्थापन भएका जानकारी दिए । उनले बाँकी काठका पोल प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय