विगतका कमजोरी सच्याउँदै देशको प्रमुख शक्तिका रुपमा स्थापित हुन्छौंः कमल थापा



पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष थापाले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने विधेयक सच्याइनु सकारात्मक रहेको बताएका हुन् ।

नेपालको सञ्चारजगत्ले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्ने बताए । नेपालको सञ्चारजगत्ले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभाव गरी मुख्य तीन प्रकारको चुनौतीको सामना गरिरहेको उनले बताए ।

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए । पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र बुद्धिमान तामाङले सञ्चार क्षेत्रमा रहेका विकृति हटाएर प्रजातन्त्रको असली पहरेदारका रुपमा मिडिया नेपाल स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाउँपालिका महासंघले भन्यो -जरिवाना गर्ने आयोगको निर्णयले निर्वाचन प्रणालीमै विकर्षण ल्याउँछ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही

पार्टीबाट राजीनामा दिँदै रवीन्द्र मिश्रले भने -मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर गरेको हो

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । सोमबार मिश्रले

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको असंवैधानिक कदमः गृहमन्त्री

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक रोकेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको आरोप

झापामा ६ लाख ६३ हजार मतदाता

झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३