प्रदेश दुईको नामाकरणमा दलहरु सहमति नजिक



जनकपुरधाम । प्रदेश दुईको नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन् ।

प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश , नेपाली काँग्रेसले मिथिला भोजपुरा र केही सभासदहरुले मध्यमधेश दर्ता गराए छन् ।
दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन् ।

सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतवार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन्। बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

प्रदेश दुईका मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्गयाउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिनु दिए । उनले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनु पर्ने बताए।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेस समेत मधेशलाई स्वीकार्य गरेकोमा धन्यवाद दिनु हुँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
यता प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको भन्दै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरे ।
त्यसैगरि नेपाली काँग्रेस संसदीयदलका नेता रामसरोज यादवले पनि सहमतिको लागी मिथिला मधेश नाम अघि सारेको भएपनि सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्ष विहिन भएको बताए। उनले सहमतिको लागि आफूहरु सदैब तयार रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति सहयोगी : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट

मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् ।

कमीकमजोरीको कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक