प्रधानमन्त्री ओली झापामा



भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आएका छन्। भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी छन् ।
झापामा रहँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो