राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्रीको आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको शुक्रबार आयोजित दीक्षान्त समारोहमा उनले हरेक युवाले कुशल नेतृत्वका लागि क्षमता विकास, नैतिक आचरण र अनुशासनको परिपालनमा रही समाज र राष्ट्रप्रतिको कर्तव्यमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए ।

राष्ट्रको गौरवको रूपमा रहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई सधैँ खाँचो रहने भन्दै उनले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गरे ।

मुलुकमा उपलब्ध प्राकृतिक सम्पदा तथा दक्ष र सबल जनशक्तिको सही सदुपयोगबाट मात्र राष्ट्र निर्माण हुनसक्छ भन्दै उनले त्यसका लागि सरकारले आफ्ना कामलाई योजनाबद्ध ढङ्गले अघि बढाइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त युवाबाट घर परिवारले मात्र होइन, समाज र राष्ट्रले पनि सपना र आशा रहेको बताए ।

मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो । यस आर्थिक वर्षमा मात्रै ७६ जिल्लाका २१३ विद्यालयका सात हजार ७०० विद्यार्थी सेवा दलको तालिममा सहभागी भएका थिए । पन्ध्रौँ समूहको तालिममा सहभागी ५०९ मध्ये २६१ छात्रा र २४८ छात्र रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी