राष्ट्रियता र धर्म संस्कृतिको रक्षाको लागि संसारभर रहेका नेपालीले खवरदारी गर्नुपर्छः नेता खड्का



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काले मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहेको वताएका छन् ।

प्रवास विभागले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा खड्काले मुलुकको राष्ट्रियता,धर्म ,संस्कृतिमा आक्रमण भईरहेको वर्तमान अवस्थामा राष्ट्रियता,धर्म संस्कृतिको रक्षाको लागि संसारभर रहेका नेपालीले खवरदारी गर्नुपर्ने वताए ।

कार्यक्रममा राप्रपा ट्रेड युनियनका अध्यक्ष हिक्मतजंग भण्डारीले प्रवासमा रहेका नेपाली समुदायसँग नेपालका हरेक श्रमजीवी वर्ग जोडिन चाहेको वताए । कार्यक्रममा प्रवास युरोप महासचिव विक्रम वाँनिया, वेल्जियमका उपाध्यक्ष महेन्द्र पन्त, राप्रपा युवा नेतृ मिसेस व्युटि क्विन उपाधी प्राप्त सन्तोषी शाहीलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राप्रपाको जेठ २५ मा हुन गईरहेको महाधिवेशनका लागि प्रवासमा सकृय सदस्यता अभियान चलाउने, प्रवासमा भएका गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने, प्रवास आकस्मिक कोष खडा गर्ने लगायतका निर्णय गरिएको थियो ।

विभागका कोषाध्यक्ष श्रेया केसी ,विशेष आमन्त्रित धिरजकुमार शाही उपस्थिति रहेको कार्यक्रममा विभागका सदस्य तथा पार्टीका युवा नेता हिक्मतजंग कार्कीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०७४ को चुनावपछि मलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर थियो, तर मेरो त्यो प्राथमिकता रहेनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको

आम निर्वाचन देश बनाउने अवसर : अध्यक्ष ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते

संसद सचिवालयलाई राष्ट्रिय सभाका अध्यक्षको पत्रः सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय