‘सभामुखज्यू ! तपाईंको कुर्सीमा अरु कसैको आँखा लागेको छ कालोटिका लगाउनुस्’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विरोध खतिवडाले सभामुख अग्नि सापकोटालाई बैठकको अध्यक्षता गरिरहेको कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले सभामुखको कुर्सीमा अरु कसैको आँखा लागेको भन्दै कालो टीका लगाउनु सुझाव दिएका हुन् ।

उनले भने, ‘सभामुखज्यू तपाईंको कुर्सीमा आँखा पर्यो, शिवले माया गरेर तुम्बा समातेर कैलाशमा बसे जस्तै तपाईंले पनि कुर्सीको जतन गर्नु पर्यो’, उनले भने, ‘बच्चाहरुलाई पनि आमाले अरुको आँखा पर्न नदिन कालो निधार या अन्त कालो टीको लाइदिने गर्छन्। तपाईंले पनि त्यो कुर्सीमा अरुको आँखा लाग्न नदिन कुर्सीको खुट्टा या ढाडमा कालो लाउने हो कि।’
सभामुख सापकोटाले सन्तुलित ढंगले संसद चलाउँछु भन्दा पनि सुरुमै अवरुद्ध भएको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा मन्त्री प्रधानमन्त्रीसँग मिठा गरेर मन्त्रिपरिषदमा भाग लिन्छन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक