रामेश्वर फुयाँल वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त



हेटौंडा । वागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन् र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक शुद्धीकरण जरुरी छः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक

बल्ल कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, ४ मन्त्रीले लिए शपथ

विराटनगर । कोशी सरकारमा नेपाली कांग्रेसकातर्फबाट नियुक्त चार मन्त्रीले शपथ लिएका छन् ।

नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल

  काठमाडौँ । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग

दुई वर्षपछि ओलीजीले प्रधानमन्त्री छोड्ने सहमति भएको छ, शंका नगरौंः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली