उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणितः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।.

सिन्धुपाल्चोकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयलाई चानचुने रुपमा नलिई निराश नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे । कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाई थियो ।

सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाए । यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यपालिकालाई तपाईँहरुले जुन गुन लगाउनु भएको छ, त्यसको ऋण हामीले तिर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीले लगाएको गुनको

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

अहंकार नदेखाउन नवनिर्वाचित नेताहरुलाई ओलीको निर्देशन

सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय