अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष थपलिया पक्राउ



काठमाडौं । शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष गोविन्द थपलियालाई प्रहरीले पक्राउ गरेको छ ।

शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गरेका थिए । तर क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने जवर्जस्ती क्याम्पस प्रवेश गर्न खोज्दा धरपकड भएको थियो ।

त्यसपछि अनेरास्ववियुका अध्यक्ष थपलियालाई प्रहरीले पक्राउ गरेको अखिलका नेता भुवन आचार्यले जानकारी दिएका छन् । त्यस्तै प्रहरीले अनेरास्ववियुका नेता मनराज थापालाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई दरबारमार्गस्जित प्रहरी चौकीमा राखिएको छ । क्याम्पस प्रशासनले एकलौटी रुपमा बिएससी प्रथम बर्ष २०७६ ७७ को नयाँ शुल्क ६ हजार ६ सय १५ रुपैयाँबाट बढाएर १४ हजार २० रुपैयाँ बनाएको थियो । उक्त शुल्कको बिरोध अनेरास्ववियू त्रि चन्द्र क्याम्पस कमिटीले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ: नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने

पीसीआर परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं । कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ

ओलीले पहिले फागुन २८ गते र त्यसपछि बसेका कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेष्ठ २ गतेको कमिटी,

‘खोप प्रकरण प्रधानमन्त्रीलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताकाबारेमा प्रधानमन्त्री