बङ्गलादेशका राष्ट्रपति हमिदद्वारा फेवातालमा जलविहार



पोखरा । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ ।

दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता थियो । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषय सरकारको प्राथमिकतामा

काठमाडौँ । सत्ता साझेदार दश दलको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

सीमा अतिक्रमणको विषयमा बोल्दा प्रधानमन्त्रीलाई सरकार ढल्ने डर छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि

डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । वाग्लेले

मिटरब्याजी पीडितसँगको वार्तालाई निष्कर्षमा पुर्याउन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ