काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा


काठमाडौं । सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै  उनले काठमाडौंको विकास र रूपान्तरणका लागि काम गर्ने उद्देश्यले मेयर पदमा प्रतिस्पर्धा गर्न लागेको बताएकी छन् । उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । तर उनी पछिल्लो समय रास्वपा छाडेर बसेकी थिइन् ।