हुम्ला । अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ ।
विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको तथा त्यस क्रममा उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले बताए ।
उक्त विद्यालयका शिक्षक अखिल भण्डारीले ५० हजार तथा आफूले रु २५ हजार प्रदान गरेको जानकारी दिँदै उनले सबैभन्दा बढी रकम वडा नं ३ बाट प्राप्त भएको बताए ।

प्रतिक्रिया