काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ तथा धरपकड गरेको घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिको पहिचान गरी दोषीमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको धरपकडलाई गलत भएको बताए। उनले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।
उनले भने, ‘प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता नरहेको बताइरहँदा पनि बैठकले यो घटना किन र कसरी भयो, कसको निर्देशनमा भयो भन्ने विषयमा स्पष्ट छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।’

प्रतिक्रिया