काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको संयोजकमा आचार्य तथा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् ।
समितिले निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै मतदाताले फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्नेछ ।


प्रतिक्रिया