सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन


काठमाडौँ । सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दूवादीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार माइतीघरमा उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले मुस्लिम समुदायविरुद्ध नाराबाजी गरेका थिए । आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायका युवाबीच झडप भएको थियो ।

सामान्य वादविवादबाट सुरु भएको विषयले हिंसात्मक रूप लिँदा एक जनाको ज्यान गएको थियो भने नौ जनालाई गोली लागेको छ ।

त्यस्तै सुरक्षाकर्मीतर्फ पनि घाइते भएका छन् । घटनाका कारण अहिले पनि सुनसरी, सिरहा, मोरङ अशान्त छ । घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारीका सुरक्षा निकायका प्रमुख परिवर्तन गरेको छ ।