नेकपाले भन्यो-अब रास्वपाले प्रधानमन्त्रीमाथि हस्तक्षेप गरोस्


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन साहमाथिढ राष्ट्रिय स्वतन्त्र पार्टी र सभामुख डीपी अर्यालले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले आएको नेपाली कम्युनिस्ट पार्टीले बताएको छ । नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्रीमाथि हस्तक्षेप गर्न रास्वपा र सभामुखलाई आग्रह गरेका हुन् ।

उनले रास्वपाले नै साहलाई नै संसदीय दलको नेता र प्रधानमन्त्री बनाएको उल्लेख गर्दै अब रास्वपाका सांसदहरूले आफ्नो भूमिका निर्वाह गर्ने दिन आएको बताए ।

उनले भने,’म रास्वपाका नेता र सांसदहरूसँग अनुरोध गर्न चाहन्छु आफ्नो दलको नेतालाई संसद र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको पनि हो । हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौं,’ रास्वपा, जसले उहाँलाई यो संसदको दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो अब रास्वपाले हस्तक्षेप गर्ने दिन आएको छ । त्यस्तै गरेर संसदको गरिमा र इज्जत, मर्यादा, यसको सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामुखकै हो ।’

सांसद तामाङले सभामुखले प्रधानमन्त्री शाहलाई संसदमा आएर आफ्नो अभिव्यक्तिको सम्बन्धमा स्पष्टीकरण दिनका लागि रुलिङ गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले जेठ १७ को प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति तथ्यहीन र राष्ट्रहितविरुद्ध भएको भन्दै अभिव्यक्ति संसद्मा आएर फिर्ता लिनुपर्ने बताए ।