काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्याललाई कान सुनुहुन्छ कि हुन्न भन्ने कुरा सोधेपछि भएको विवादले बैठक १५ मिनेट स्थगित भएको हो ।
सुरुमा सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए । सांसद राईले आफ्नो अपमान गरेको भन्दै सभामुखले उनलाई बोल्न समय दिएनन् । तर सभामुखले बोल्न नदिएपछि एमालेका सांसद उठेर विरोध जनाए ।
तर पछि राईले भनाई सच्याउने बताएपछि सभामुखले बोल्न दिएका थिए । तर बोल्न सुरु गरेपछि राईले फेरि सभामुखले पाँच वर्ष चलाउन नसक्ने बताए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया