गढीमाईका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको भन्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेका हो ।

आयोगले नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाहविरुद्ध मुद्दा दायर गरेका हो । उनीहरुबाट जनही २ करोड ७५ लाख ६६ हजार बिगो तथा कैद सजाय माग गरिएको छ।