काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा अध्यक्ष ओलीले अहिले नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताएका हुन् ।
अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गरे ।
‘देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ’, उनले भने, ‘हामी फेरि पनि उठ्न सक्छौँ । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया