कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष गरेको सिफारिससम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ता कँडेलको सन् २०१५ देखि २०२४ सम्मको अध्यागमन विभागसँग विवरण मागेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु आवश्यक नरहेको तथा मुद्दाको पूर्ण सुनुवाइबाटै टुंगो लगाउन आदेश दिएको छ ।

सर्वोच्चले सरकारले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष गरेको सिफारिससम्बन्धी निर्णय फाइलसमेत झिकाउन आदेश दिएको छ । अधिवक्ता शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले छुट्टाछुट्टै रिट दायर गर्दै कँडेलसँग बेलायतको स्थायी आवासीय अनुमति (पीआर) रहेको दाबी गर्दै त्यसका आधारमा उनी नेपालको महान्यायाधिवक्ता बन्न अयोग्य रहेको जिकिर गरेका छन् ।