काठमाडौं । चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो । निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १–१ को बराबरी थियो ।अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।
पेनाल्टी सुटमा पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुके । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेल जर्मनी पराजित हुन पुग्यो ।

प्रतिक्रिया