काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो । कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ। त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।
त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि मतदान हुने कार्यतालिका छ। केन्द्रीय सदस्य १५८ जना भएपनि ९९ जना निर्वाचनमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने विधानमा उल्लेख छ।










प्रतिक्रिया