पौडेललाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

पौडेलकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिना प्रमाण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ । पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई विशेष अदालतबाट मङ्गलबार सात दिनको म्याद थप भएको थियो ।