काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा आकस्मिक समय लिएर सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ’, उनले भने, ‘प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।’

प्रतिक्रिया