काठमाडौँ । श्रम संस्कृति पार्टीले संसदमा रक्षामन्त्रीको खोजी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरेको व्यवहारप्रति आपत्ति जनाउँदै रक्षामन्त्रीलाई ‘रुलिङ’ गरेर सदनमा बोलाउन माग गरेका हुन् ।
उनले भारतीय सीमा सुरक्षा बालले नेपालमा आएर हप्कीदप्की गर्दै गरेको भिडियो आएको भन्दै यसको बास्तविकता रक्षामन्त्रीले जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ? रक्षामन्त्रीलाई बोलाइदिनुपर्छ । भारतीय सीमा सुरक्षा बलले नेपालमा आएर हप्कीदप्की गर्दै गरेको सीमा रक्षाको लागि निहत्था नेपालीहरूले प्रतिकार गर्दै गरेको भिडियो आएको छ । यो के हो, रक्षामन्त्रीलाई प्रश्न सोध्न चाहन्छु ।’
उनले सीमामा नेपाली सेना तैथान नगर्न कुनै करारपत्र वा सन्धि केही गरेको भए संसदमा देखाउन माग गरे ।

प्रतिक्रिया