अब बालेन सरकारको मूल्यांकन उनको फेसबुक स्टाटसका शब्दबाट होइन, अर्थतन्त्रका निर्मम अंकबाट हुनेछ


विजयकुमार पाण्डे

बजेट पछि बालेन सरकार फेसबुके स्टाटसको युगबाट, वैश्य युगको कठोर धर्तीमा पुगेको छ । बजेट भाषणको पहिलो वाक्यमै नेपालका पहिला अर्थमन्त्री स्वर्ण शम्शेरको नाम लिएर ले अहोरात्र ‘नयाँ नयाँ नयाँ’ भनेर फलाकिरहने डिग्री भएका र नभएका भाट, मुर्ख, अनपढ र गंवारहरुलाई र आफूलाई जान्ने ठान्ने बिद्वान, विरोधीहरु समेत गरी दुबै थरिलाई एकै पटक सम्झएका छन्– ‘ अचानक सर्वथा नयाँ चमत्कार केही गर्न सकिन्न। सब थोक निरन्तरताको जगको परिणाम हो ।‘

अर्थमन्त्रीले केही क्षेत्रमा नीतिगत सुधारको राम्रो सुरुवात गरेका छन् । धन्यवाद । त्यसबाहेक यतिमात्र भन्न सकिन्छ–जुन विशाल साइजको बजेट उनले आकर्षक शब्दमा ल्याएका छन्, त्यस्को कार्यान्वयन साँच्चिकै गर्न सकियो भने स्वर्णिम वाग्लेको नाम इतिहासका ३ स्मरणीय अर्थमन्त्रीमा रुपमा दर्ज हुनेछन्, जसले नेपालमा अर्थतन्त्रको धारलाई मोड्ने खालका बजेट दिए । पंचायत व्यवस्थाका प्रकाशचन्द्र लोहनी, बहुदलका महेश आचार्य, भरतमोहन अधिकारी र रामशरण महत ।

अब बालेन सरकारको मूल्यांकन उनको फेसबुक स्टाटसका शब्दबाट होइन, अर्थतन्त्रका निर्मम अंकबाट हुनेछ । रोजगारी, निवेश र निजी क्षेत्रको आत्मबिश्वास बढे जयजयकार गर्न लोभ नगरौँ । फेसबुक तथानाम स्टाटस ठोक्ने काम अब बालेनबाट उनका भित्रिया मित्र हर्कमा सरेको छ ।

रवि भारत भ्रमणमा जाने समाचार आएपछि बालेनले लामा लामा भाषण सुन्ने र आफ्ना पार्टीका सांसदसँग हात हाँस्दै मिलाउने काम सुरु गर्नु भएको छ । अब यस्ता काम बढ्दै जानेछन् । वैश्य युगमा यस्तै हो । बजेटमा सरकारी कर्मचारीको तलब बढेको छ, बधाई छ । बाँकीको लागी महंगाई नबढोस् । केही स्वागतयोग्य नीतिगत सुधारसहितको बजेटका लागि अर्थमन्त्रीजीलाई धन्यवाद । त्यसबाहेक, महत्वाकांक्षी देखिने बजेटको सफल कार्यान्वयनका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई शुभकामना । हेरौँ !