पार्टीभित्रको विवाद समाधानका लागि गगन, विश्वप्रकाश र पूर्णबहादुर खड्काबीच छलफल


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

खड्कालाई भेट्न बुधबार गगन र विश्वप्रकाश उनको निवासमा पुगेका थिए । भेटमा कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिता दिएपछि गगनले असन्तुष्ट पक्षका नेताहरूसँग वार्ता थालेका हुन् ।

सभापति थापाले यसअघि मंगलबार डा. शेखर कोइरालासँग छलफल गरेका थिए । गत पुसमा भएको विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन् ।

देउवा पक्षले भने पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी सभापति थापाको भएको बताउँदै आएको छ । यसबीचमा देउवा पक्षको नेतृत्व गर्दै खड्काले भेला भेलासमेत बोलाएका थिए ।