विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल



शैलेन्द्र कुमार श्रेष्ठ

जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको अनिवार्य आवश्यक्ता रहन्छ । आजको यो भौतिक दुनिया, जहाँ प्रविधिले जीवनलाई सहज बनाइरहेको छ, त्यही प्रविधिको छायाँमा आध्यात्मिक र सांस्कृतिक चेतना बिस्तारै हराउँदै गइरहेको छ । यस्तो परिवेशमा गत जेष्ठ १६ गते देखि २८ गतेसम्म भारतको उत्तर प्रदेश स्थित अयोध्यामा आयोजित परमपूज्य महन्त श्री नृत्य गोपाल दासजी महाराजको ८७ औँ प्राकट्य दिवसको अवसरमा सम्पन्न भएको महान आध्यात्मिक महोत्सव एउटा नयाँ युगको प्रारम्भ जस्तै भएको छ ।

यस दिव्य कार्यक्रममा भारतका मुख्यमन्त्री योगी आदित्यनाथ, वरिष्ठ मन्त्रीहरू, प्रतिष्ठित महात्माजनहरू र हजारौँ श्रद्धालुको उपस्थितिसँगै नेपालबाट १२०० भन्दा बढी श्रद्धालु, वरिष्ठ नेताहरू, पूर्व सचिव, पूर्व सुरक्षा प्रमु ख, उद्योगी, अमेरिका, क्यानडा, युरोप लगायतका देशहरुबाट उपस्थित नेपाली श्रद्धालु तथा भक्तजनहरु, सञ्चारकर्मी लगायतको सहभागिताले नेपाल र भारत बीचको सनातन आध्यात्मिक सम्बन्धलाई मजवुत र ऐतिहासिक बनायो ।

विशेष महत्वको कुरा के थियो भने नेपालका समाधिसिद्ध त्रिदण्डी स्वामी, तारकब्रह्म पीठाधीश, अनन्त श्रीविभूषित, जगद्गुरु श्री रामानन्दाचार्य, श्री स्वामी रामकृष्णाचार्य, महायोगी सिद्धबाबाको रथयात्रा, जसमा भारत, नेपाल लगायत अन्य देशहरुबाट हजारौं भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो । रथयात्राका दौरान अयोध्याको दुई किलोमिटर लामो सडक नेपाल देश र सिद्धबाबाको जयजयकारका साथै श्रद्धाभावमा डुबेको थियो ।

जसरी नेपालले सर्वोच्च शिखर सगरमाथाका कारण संसारभर पहिचान बोकेको छ, अब समय आएको छ कि नेपाललाई अर्को अद्वितीय आध्यात्मिक सम्पदा हिमालयन सिद्ध महायोग अर्थात् सुरत शब्द योगका कारण पनि विश्वले चिन्न सकोस् । महायोग भनेको केवल योगको पद्धति होइन, यो आत्म–साक्षात्कार र चैतन्य बोधको मार्ग हो । लुप्त हुँदै गएको धार्मिक तथा सांस्कृतिक सम्पदाको धरोहरको रूपमा रहेको महायोग अथवा सुरत शब्दयोग महायोगी सिद्धबाबाले नेपालकै पवित्र भूमिमा आफ्नो घोर साधना तथा तपस्याबाट पुनर्जागृत गर्नुभएको छ ।

यस महोत्सवको विशेष आकर्षणका रुपमा सद्गुरुदेव महायोगी सिद्धबाबाको सुरत शब्द योग साधना प्रशिक्षण रहेको थियो । उहाँले सत्संगका माध्यमबाट वेद, उपनिषद्, रामायण, स्कन्द पुराण लगायतका प्रमाणहरू प्रस्तुत गर्दै घोषणा गर्नुभयो, ‘नेपाल तपस्वीहरुले ध्यान, साधना गरेको वैदिक युगदेखिकै तपोभूमि, देवभूमि हो । यहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, रामधुनी, हलेसी महादेव, दन्तकाली, दक्षिणकाली, बडीमालिका, गोसाइँकुण्ड, दामोदरकुण्ड, लुम्बिनी, देवघाट, गण्डकी नदीको किनारमा रहेको त्रिवेणीघाट, वाल्मीकि आश्रम तथा लवकुश क्षेत्र, त्रिशूली र कौशिकी नदीजस्ता अनगिन्ती तीर्थस्थल र थुप्रै पवित्र नदीनालाहरू अवस्थित छन् । नेपाल भगवान शिवले तपस्या गर्नुभएको र महर्षिहरूले वैदिक ज्ञान प्रवाह गरेको भूमि हो । मोक्षको मार्ग आरम्भ हुने भूमि हो ।’  यी वाणीहरू भक्तहरूलाई भावविभोर बनाउनका लागि थिएनन् ।  नेपालको वैदिक स्थान र महत्वलाई विश्वभर उजागर गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने थलोका रुपमा थियो । सत्संगको अर्को महत्वपूर्ण विषयमा भगवान रामलाई प्राप्त गर्नुपूर्व भगवान शिवको कृपा प्राप्त गर्नुपर्ने र त्यसका लागि भगवान पशुपतिनाथको दर्शन आवश्यक रहेको कुराले भारतका करोडौं सनातनीहरूमा नेपाल प्रतिको आकर्षण बढाएको देखियो ।

यस्ता आध्यात्मिक कार्यक्रमहरूले धार्मिक ऊर्जा जागृत गर्नुका साथै राष्ट्र निर्माणमा आर्थिक समृद्धिको मार्ग पनि प्रशस्त्र गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् । वर्तमान समयमा नेपालका तीर्थस्थलहरूको संरक्षण, प्रचार र व्यवस्थित व्यवस्थापन गर्न सक्ने हो भने नेपाल वैश्विक धार्मिक पर्यटनको केन्द्र बन्ने सुनिश्चित छ । त्यसकका लागि महत्वपूर्ण धार्मिक सम्पदाहरुको प्रवर्द्वन, तीर्थस्थलसम्म पुग्न आवश्यक पूर्वाधारको विकास, भूकम्प प्रभावित सम्पदाहरूको शीघ्र मर्मत, धार्मिक पर्यटनको व्यवस्थित र दिगो नीति-निर्माण, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने, समावेशी कार्यक्रमहरू,  भारतीय धार्मिक पर्यटकहरूका सवारी साधन प्रवेशका लागि सहज व्यवस्थापन, मुद्रा विनिमय सेवाको सहज र सुलभ व्यवस्थापन लगायतका आधारभूत कुराहरू रहन्छन् । यी क्षेत्रलाई सुदृढ गर्दै जान सकेमात्र धार्मिक पर्यटनले राष्ट्रको अर्थतन्त्रलाई टेवा दिने र वैदिक संस्कृति संरक्षणको माध्यम बन्न सक्छ ।

अन्त्यमा, आजका दिनमा नेपालसँग संसारलाई दिने दुई अनुपम निधि छन्, प्राकृतिक सर्वोच्चताको रुपमा रहेको सगरमाथा र आध्यात्मिक सर्वोच्चताका रुपमा रहेको हिमालयन सिद्ध महायोग । एउटा भौतिक शारीरिक सर्वाेच्च शिखर हो भने अर्को आत्मिक शिखर । वर्तमान युग हामी विश्वभर रहेका तीन करोड नेपालीका लागि नेपाललाई विश्वको आध्यात्मिक केन्द्र बनाउने समय हो । सद्गुरुदेव महायोगी सिद्धबाबाको अमृत वाणीमार्फत उद्घोष भएको छ, ‘नेपाल तपोभूमि हो, नेपाल देवभूमि हो, नेपाल मोक्ष प्राप्तिको मूल द्वार हो ।’

हामी सबै नेपालीको कर्तव्य हो, यस अमूल्य वैदिक परम्पराको रक्षा, संरक्षण र प्रवर्द्वन गर्दै नेपाललाई विश्वकै आध्यात्मिक जागरणको केन्द्र बनाउने । राष्ट्र निर्माणको वैदिक मार्ग यही हो र समृद्ध नेपालको आध्यात्मिक आधार पनि यही हो ।

लेखक सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक तथा सांस्कृतिक सम्पत्ति संरक्षण र मानवअधिकार कानुनका विज्ञ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले शुक्रबार भन्सार छली गरेर ल्याएको नौ लाख

‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली