वाईसीएलको अध्यक्षमा ओली सर्वसम्मत


काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकांक्षी थिए । महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । अन्य पदको भने घोषणा हुन बाँकी छ ।