नेपालका लागि अर्मेनीयाको अवैतनिक वाणिज्यदूतमा मल्ल



काठमाडौं ।  नेपालका लागि अर्मेनीया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आइतबार अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले काठमाडौं उपत्यका हेर्ने जिम्मेवारी पाएका छन् । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ ।

मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

‘अर्मेनीया गणतन्त्रका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश–पत्रमार्फत काठमाडौं उपत्यकामा रहने गरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली बमोजिम अर्मेनीया गणतन्त्रको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

विक्रम संवत् २०१८ मा दाङमा जन्मिएका ऊर्जा व्यवसायी मल्ल बुटवल पावर कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक हुन् । उनले नर्वेबाट जलविद्युत् विषयमा स्नातकोत्तर गरेका छन् ।

नियुक्तिपश्चात् नेपालस्थित अर्मेनीयाका अवैतनिक वाणिज्य दूत र परराष्ट्र मन्त्रालयका अधिकारीबीच द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ