डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता
मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना गाउँपालिका–५ कालिखोला पुल नजिक मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन् । प्रहरीकाअनुसार मोटरसाइकल सडकछेउको बारमा ठोक्किएको थियो ।
चालक त्रिशूलीमा खसेको र उनको खोजी उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सडक छेउबाट लमजुङ चन्देश्वर घर भई चितवन भरतपुर महानगरपालिका–१ रामनगरका २७ वर्षीय भारतीय सेनामा काम गर्ने रोहित रानाको परिचय पत्र फेला परेको छ।