अछामको ढकारीमा दुई किशोरी जंगलमा मृत फेला



अछाम । अछामको ढकारीमा दुई किशोरी जंगलमा मृत फेला परेका छन् । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने ओडारको जंगलमा दुई किशोरी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार ढकारी गाउँपालिकाको वडा नम्बर ८ घोडासैनका १४ वर्षीया इश्वरी खड्का र सरस्वती खड्का जंगलमा मृत फेला परेका हुन् ।

शुक्रबार गाईवस्तु चराउन जंगल गएका उनीहरू शनिबार साँझ मृत फेला परेका प्रहरीले जनाएको छ । अहिले चिकित्सकसहितको टोली लगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले