एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध अनुसन्धान सुरु



 

काठमाडौँ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगर–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भीमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे छन् ।

प्रवक्ता आचार्यले भने, “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्याई भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न अभियोगमा उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित बिहादी बिजनेस म्यानेजमेन्ट कार्यालयबाट विभिन्न विद्युतीय उपकरणहरुसहित गत शनिबार पक्राउ गरिएको हो ।”

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने  दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार आठ सय १६ को राजस्व कर दायित्व छ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी १३ करोड नौ लाख ५९ हजार छ सय नौ बनाएको प्रहरीको आरोप छ ।

करदातालाई बढी कर दायित्व सृजना हुनेगरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रुपमा प्रबिष्ट गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखाको चुमनुब्री क्षेत्रमा हिमपात

  गोरखा । गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको  छ । जिल्लाको चुमनुब्री

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको

निसीखोलामा टिपर दुर्घटनामा परी चालकको मृत्यु

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।

वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक