लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला १० लाख धरौटी बुझाएर रिहा



विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् ।

सहकारी ठगी कसुरमा बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले कोइरालासँग १० लाख धरौटी माग गरेको थियो । अदालतको आदेशलगत्तै १० लाख रूपैयाँ बुझाएर रिहा भएकी हुन् ।

सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि कोइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । उनी अदालतमा उपस्थित भएपछि उनीसँग बयान लिनुका साथै थुनछेक बहस भएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन् । २२ करोड २८ लाख २७ हजार ७ सय रकम हिनमिना भएको दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था