बरहथवा बजारको किराना पसलमा आगलागी



सर्लाही । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताए ।

आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिए ।

गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

यसैबीच धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ । आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ

महानगरका जनप्रतिनिधि भन्छन्-राजधानीको सवारी ‘जाम’ कम गर्न पनि टुकुचा कोरिडोर खुलाउनुपर्छ

काठमाडौँ । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

काठमाडौँ । जापान सरकारको अनुदान एक करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा

चार महिनामा वीरगंज नाकाबाट डिजेल आयात नौ दशमलव ४१ प्रतिशतले घट्यो

वीरगंज ।  वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार