राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु



दाङ । दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ । बिहीबार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन बालिका बगेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो ।

मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । बालिकाहरूको उद्दार गरी उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ मिडिया ग्रुप नेपाली विभागद्वारा काठमाडौंमा वृत्तचित्र प्रदर्शनी

  काठमाडौँ ।  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा

श्रीलंकालाई ६ शुन्यले हराउँदै नेपाल साफ च्याम्यिनसिपमा समूह विजेता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीमा प्राधिकरणको एक करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि

रुपन्देही प्रहरीले पनि रवि लामिछानेमाथि संगठित अपराधमा अनुसन्धान गर्ने, अदालतले दियो पक्राउ अनुमति

बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति