बसको ठक्करबाट झापामा हजुरबुवा र नातिनीको मृत्यु



 

झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए ।

उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी आरोही बुढामगर बेलायतमा प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्ड’ बाट सम्मानित

बेलायत । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन

वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान

जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई

बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा अब २४ सै घण्टा सवारीसाधन चलाउन पाइने

काभ्रे । बीपी राजमार्गमा अब २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ ।

सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा  ४३