काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा चन्द्रचुड नेपाल आएका हुन् ।
चन्द्रचुड शनिबार काठमाडौंमा हुने बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ । शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ ।
भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन् । चन्द्रचुड आइतबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया