परीक्षा दिएर फर्किरहेकी छात्रामाथि झापामा गोली प्रहार


दमक । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अधिकारी परीक्षा दिएर फर्किरहेका बेला गोली प्रहार भएका प्रहरीले जनाएको छ ।

दाहिने हातमा गोली लागेर घाइते भएकी उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।