भक्तपुरमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु



 

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नंको स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतीघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए  ।

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय  राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ । घटनाको अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर,

दश महिनामा दश हजार पर्यटकद्वारा रारा भ्रमण

मुगु । मुगुको रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर